दीपक, दीपा र जितुसँगै रमाए गेथेस्बर्गवासी नेपाली

काठमाडौं । चर भाइ इन्टरटेनमेन्टको प्रस्तुतिमा ‘छक्का पञ्जा इन गेथेस्बर्ग’ कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली चर्चित कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाललगायत कलाकार अमेरिका भ्रमणमा रहेका बेला चार भाइ इन्टरटेनमेटले भ्रमणको अन्तिम कार्यक्रम भेटघाट र विदाइस्वरूप यस कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा वरिष्ट कलाकार शिवहरी पौडेल तथा नायक प्रज्ववल गिरीको पनि उपस्थिति रहेको चार भाइका प्रमुख दिवश वनले बताए ।

पहिलोपटक दीपक, दीपा र जिनु नेपाललाई गेथेस्बर्गमा देख्न पाउँदा त्यस क्षेत्रमा बसोवास गर्ने कलाप्रेमी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।