नेपालमै सम्पादन गरिएको पहिलो चलचित्र कुन हो ?

कमठमाडौं । नेपाली सिनेमा उद्योगमा थुप्रै चलचित्रका नाममा रेकर्ड छन् । भिन्नभिन्न सिनेमामा भिन्नभिन्न रेकर्ड छन् ।

धेरैलाई थाहा भएकै कुरा हो, सुरुसुरुका वर्षमा नेपाली चलचित्रको अधिकांश प्राविधिक काम भारतमा गरिन्थ्यो । भारतबाटै प्राविधिक ल्याएर सिनेमाको काम गरिन्थ्यो ।

पोस्टप्रोडक्सनको अधिकांश काम भारतमै हुन्थ्यो । चलचित्र ‘रक्षा’को नाममा पनि यस्तै एउटा रेकर्ड छ, जुन भारतमा हुँदै आएको काम पहिलोपटक नेपालमा भएको थियो ।

‘रक्षा’ नेपालमा सम्पादन गरिएको पहिलो नेपाली चलचित्र हो । प्रेम बानियाँको यो चलचित्र नेपालमा सम्पादन गरिएको पहिलो चलचित्र हो ।

यसअघि बनेका चलचित्रहरू प्रायः भारतमा सम्पादन गरिन्थ्यो । छपाइ पनि उतै हुन्थ्यो । प्रेम बानियाँको ‘रक्षा’को भने सम्पूर्णरूपमा नेपालमै सम्पादन गरिएको हो ।

यो चलचित्रले नेपालमै चलचित्र सम्पादनको काम हुनसक्छ भनेर पुष्टि गरेको थियो । यसपछि नेपाली चलचित्र नेपालमै सम्पादन हुन थाले । फुटेज बोकेर भारत जानै पर्ने बाध्यताको अन्त्य भयो ।

र, यो चलचित्रका सम्पादक थिए, नरेन्द्र खड्का । यो चलचित्र वि.स. २०५० असोज ११ गते प्रदर्शन भएको थियो ।

यो चलचित्रको निर्मातामा प्रेम बानिया, साधुराम पन्त, डा. ओमवीर सिंह, मोहन वैध र नवराज थापा थिए ।

जय श्रेष्ठ, कृष्ठि मैनाली, सुनील थापा, रवीन्द्र खड्का, मौसमी मल्ल, सुशीला रायमाझी, रमेश बुढाथोकीलगायत यसका मुख्य कलाकार थिए ।