समृद्धि एयर होस्टेज पढ्दापढ्दै आएकी थिइन् चलचित्रमा
काठमाडौं । कात्तिक ६ गतेबाट रिलिज भएको चलचित्र ‘वरिष्ठ बलराम’मा नायिका छिन्, समृद्धि अर्याल । उनको यो दोस्रो चलचित्र हो । उनको पहिलो चलचित्र हो, ‘फर्की फर्की’ । त्यसपछिको उनको चलचित्र ‘वरिष्ठ बलराम’ हो ।
हङकङमा जन्मिएकी समृद्धि वास्तवमा एयर होस्टेज हुने भन्दै एयर होस्टेजको कोर्स पढिरहेकी थिइन् । एयर होस्टेज उनी हङकङमै बसेर बढिरहेकी थिइन् ।
तर, उनको रुचि अभिनयमा पनि थियो । त्यसैले उनका पाइला एयर होस्टेजको सपना छोडेर चलचित्रतिर मोडियो । यदि, उनी अभिनयमा प्रवेश नगरेको भए सायद अहिले एयर होस्टेजको रुपमा कुनै एयरलाइन्समा काम गरिरहेकी हुने थिइन् ।
अभिनयमा करियर खोज्ने सोचपछि भने समृद्धिले मुम्बईको विस्लिङ उड्स इन्स्टिच्युटमा तीन वर्ष अभिनयको कक्षा लिइन् । त्यसपछि मुम्बइकै मोडलिङ एजेन्सीमा काम गरिन् ।
पिज्जादेखि जिलेटसम्मका ब्रान्डमा समृद्धिले मोडलिङ गरिन् । त्यसपछि उनले विज्ञापन, म्युजिक भिडियो र एक दर्जन सर्ट मुभीमा काम गरिन् ।
त्यसै क्रममा उनले चलचित्र ‘फर्की फर्की’मा कलाकारका लागि अडिसन आह्वान हुँदा अडिसन दिइन् । जसबाट उनले नेपाली चलचित्रमा डेब्यु गरिन् । जहाँबाट उनी अहिले आइपुगिन् ‘वरिष्ठ बलराम’सम्म ।
लाई सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘वरिष्ठ बलराम’ अहिले सिनेमा हलहरूमा प्रदर्शनरत छ ।



