सागर लम्साल ‘बले’ निर्माता बन्दै, के हो चलचित्रको नाम ?

काठमाडौं । टेलिभिजनबाट ठूलो पर्दामा प्रवेश गरेका अभिनेता सागर लम्साल ‘बले’ अब आफ्नै होम प्रोडक्सनमार्फत चलचित्र निर्माणमा जुट्ने भएका छन् ।

सागरको चलचित्र आगामी वैशाखपछि छायांकनमा जाने तयारीमा छ । चलचित्रको नाम र कलाकार टिमबारे भने केही समयपछि जानकारी दिइने बताइएको छ ।

चलचित्र निर्माणमा हात हाल्नुको कारण खुलाउँदै अभिनेता सागर लम्साल ‘बले’ले भने, “सिरियलमा काम गरियो, म्युजिक भिडियोमा गरियो, अनि फिल्ममा पनि काम गरियो, सबै खाले अनुभव भयो । अनि कति लगानीमा राम्रो फिल्म बनाउन सकिन्छ भन्ने ज्ञान पनि भयो । यही अनुभवका आधारमा आफ्नै प्रोडक्सनबाट फिल्म निर्माण गर्ने तयारी गरेको हुँ ।”

बलेले यसलाई फरक धारको चलचित्र बनाउन आफू लागेको बताएका छन् ।
हाल चलचित्रको स्क्रिप्ट लेखन र प्रि–प्रोडक्सनका कामहरू भइरहेको छन्।

पछिल्लो समय सागरको नेपाली फिल्म क्षेत्रमा व्यस्तता निकै बढेको छ । हाल उनी ‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको छायांकनमा व्यस्त छन् ।

उक्त चलचित्रको सुटिङ सकिएलगत्तै उनी ‘पाँच पाण्डव’ फिल्मको सेटमा जोडिने तयारीमा छन् । ‘पाँच पाण्डव’पछि पनि उनी दुई अन्य चलचित्रमा अनुबन्धित भइसकेका छन् ।