चलचित्र ‘मुगलान’को टिजर रिलिज
काठमाडौं । चलचित्र ‘मुगलान’ टिजर रिलिज भएको छ । निर्माण टिमले आइतबार टिजर सार्वजनिक गरेको हो ।
टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुग्छन् । उनले त्यहाँ पाएको सास्ती र यता साहुले गरेको अत्यचारबीचको कथा टिजरमा छ ।
परिवारको सुखी र आफ्नो सपना साकार पार्नका लागि गरेको एक संघर्षलाई फिल्मको टिजरमा उतारिएको छ । टिजरले नै भन्छ कि नेपाली समाजको कथा हो ।
‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने देखिन्छ । आगामी पुस १० गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको यो फिल्ममा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालको मुख्य भूमिका रहेको छ । उनीहरुका अलवा फिल्ममा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खबपु, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोलालगायत कलाकारको अभिनय रहेको छ ।
आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्रका निर्माता गोमन सिंह रहेका छन् । यो फिल्मको को–प्रोड्युसरमा रिता चौधरीले लगानी गरेकी छन् । तारा थापा ‘किम्भे’को सम्पादन,जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ । फिल्ममा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ ।
संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरीलगायतको समावेश छन् । गीत रचनामा आशिष ढकाल, सिर्जना लम्साल,हरि गिरी रहेका छन् । फिल्मको वितरणको जिम्मा आर आर फिल्मस्ले लिएको छ ।



