‘कबड्डी–५’मा विपीनको इन्ट्री, सौगात आउट

काठमाडौं । चलचित्र ‘कबड्डी–५’मा विपीन कार्कीको इन्ट्री भएको छ । उनी छायांकनको सेटमा मुस्ताङ पुगिसकेका छन् ।

विपीन ‘कबड्डी–५’मा सौगात मल्लको ठाउँमा देखिनेछन् । सौगातका फ्यानहरूले भने उनलाई ‘कबड्डी–५’मा देख्न पाउने छैनन् । के कारणले सौगातले ‘कबड्डी–५’ छोडे निर्माणपक्षले प्रष्ट पारेको छैन ।

सुरुवातमा यो पाँचौँ संस्करणमा सौगात पनि हुने चर्चा थियो ।

चलचित्र ‘कबड्डी–५’को छायांकन सुरु भइससकेको छ । मुस्ताङमा यो चलचित्रको छायांकन सुरु भइसकेको छ ।

‘जारी २’ को पचारले केही दिन छायाकंन रोकिएको यो सिनेमाको आइतबारबाट पुन: सुरु भएको छ । ‘कबड्डी–५’को ७० प्रतिशत भाग मुस्ताङ र बाँकी काठमाडौंमा छायांकन गर्ने तालिका छ । 

यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरिरहेका छन् । मुख्य भूमिकामा दयाहाङ राई, विपीन कार्की, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रेश्मा गुरुङलगायत कलाकार छन् । ‘कबड्डी २’ सम्म रहे पनि ३ र ४ मा छुटेकी रिस्मा पुनः ५ मा जोडिएकी हुन् ।

मुस्ताङमा करिब एक महिना छायांकन गरेपछि बाँकी छायांकन गर्नै टिम काठमाडौं फर्किनेछ । ‘कबड्डी’का चारै सिरिजले घरेलु बक्सअफिसमा राम्रो कलेक्सन गरेका थिए ।