राम्रो समीक्षा पाएको ‘परान’ले कति कमायो ?
काठमाडौं । चलचित्र ‘परान’ले पौने ४ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । कात्तिक १४ रिलिज भएको चलचित्रले शनिबारसम्म ३ करोड ७१ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
नीर शाहको मुख्य भूमिका रहेको चलचित्रमा दीपक आचार्यको लेखा तथा निर्देशन रहेको छ । प्रवीण खतिवडा, महेश त्रिपाठी, केकी अधिकारी, अञ्जना बराइली, पूजा चन्दलगायत कलाकारको अभिनय छ ।
अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘जेरी अन टप’ले ११ करोड ७१ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
सुयोग गुरुङको निर्देशन रहेको चलचित्रमा आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरेलगायत कलाकारको अभिनय छ । ‘जेरी अन टप’ असोज ३१ गते रिलिज भएको थियो ।
यो अनमोल केसीको अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ ।



