धेरै अघि ‘परान’, ‘जारी–२’लाई पछ्याउँदै ‘मन बिनाको धन’
काठमाडौं । नीर शाहको मुख्य भूमिका रहेको चलचित्र ‘परान’ले अन्य सबै चलचित्रलाई पछि पारेको छ । राम्रो वर्ड अफ माउथ पाएको चलचित्रले सँगै रिलिज भएका र ब्रान्ड बनिसकेका सिनेमाका सिक्वेललाई समेत पछि पारेको छ ।
कात्तिक १४ गते प्रदर्शनमा आएको ‘परान’ले शनिबार रातिसम्म नौ करोड ८६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस तथ्यांकमा उल्लेख छ ।
दीपक आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्रमा नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, प्रवीण खतिवडा, केकी अधिकारी, अञ्जना बराइलीलगायत कलाकारको अभिनय छ । बाउ र छोराको इमास्नल कथा उठान गरेको सिनेमाले पछिल्लो समय सहर र विदेशमा छोराछोरी, गाउँमा बुढा आउआमा हुने गरेको यथार्थलाई उठान गरेको छ ।
असोज ३१ गतेबाट प्रदर्शनमा आएको अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘जेरी अन टप’ले १२ करोड ७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
‘जेरी अन टप’मा अनमोलसँगै भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङलगायत कलाकार मुख्य भूमिकामा छन् । यो अनमोलको एक दशकको करियरकै सबैभन्दा सफल चलचित्र हो ।
कात्तिक २१ गते रिलिज भएको ‘जारी–२’ले चार करोड ९२ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल मुख्य भूमिकामा छन् । सुरुमा दुई दिन आक्रामक कलेक्सन गरेको यो चलचित्रले सुपरहिटको ट्याग पाइसकेको छ ।
अशोक दर्जीको ‘मन बिनाको धन’ले दुई करोड ४३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । अशोक दर्जी मुख्य भूमिकामा रहेको यो सिनेमा अशोकका सांगीतिक करियरलाई मुख्य कथा बनाएको छ । यो चलचित्रलाई टंक बुढाथोकीले निर्देशन गरेका छन् । सीमित शोका बाबजुद यो सिनेमाले राम्रो कलेक्सन गरिरहेको छ ।



