‘मुगलान’को गीत ‘पिन्टु पियारी’ रिलिज
काठमाडौं । चलचित्र ‘मुगलान’ गीत रिलिज भएको छ । निर्माण टिमले सोमबार ‘पिन्टु पियारी’ रिलिज गरेको हो ।
डान्सिङ गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालको नृत्य छ ।
गीतमा गायक हरि गिरी र शान्तीश्री परियारको स्वर छ । गीतलाई संगीत र शब्द रचना पनि हरिले नै गरेका छन् ।
चलचित्रमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालसँगै श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख।ब।पु।, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ ।
आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह रहेका छन् । सहनिर्मातामा रिता चौधरी छिन् ।
तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ ।



