अभिनेत्री साम्राज्ञीले गरिन् इन्गेजमेन्ट

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्गेजमेन्ट गरेकी छन् । उनले सोमबार आफ्नो जन्मदिनमा इन्गेजमेन्ट गरेको घोषणा गरेकी हुन् ।

अभिनेत्री साम्राज्ञी इन्स्टाग्राममार्फत केही तस्बिरहरू सार्वजनिक गर्दै आफ्नो इन्गेजमेन्टको जानकारी दिएकी छन् ।

उनले इन्स्टाग्राम पोस्टमा इन्गेजमेन्ट भएको घोषणा गरे पनि हुनेवाला श्रीमानको नाम भने खुलाएकी छैनन् । सार्वजनिक तस्बिरहरूमा उनी निकै खुसी देखिएकी छन् । इन्गेजमेन्टका फोटोमा उनले हीराको औंठी लगाएको देख्न सकिन्छ ।

साम्राज्ञीले इन्गेजमेन्टका तस्विरसँगै एउटा प्रेमिल पोस्ट लेखेकी छिन्, ‘जसका लागि मैले प्रार्थना गरेँ, मेरो भाषा बुझ्ने, शान्त र कोमल आत्मा-शब्दहरूले कहिल्यै समेट्न नसक्ने गरी म तपाईंप्रति कृतज्ञ छु । तपाईँका आँखाले मेरा आँखासँग जुन जादू मिसाउँछन्, त्यो मौन वार्तालाप जसले धेरै कुरा भन्छ । फेरि नफुत्कियोस् भनेर मेरो हात मजबुतसँग समाइदिएकोमा धन्यवाद । तपाईँले मलाई माया गर्न सजिलो हुन्छ भन्ने सम्झाउनु भयो । मेरो मुटुसम्म पुगेर दयालु, करुणामय र कोमल बन्दै, ‘सधैँ र सदाको लागि’ हुन्छ भनिदिएकोमा धन्यवाद ।’