चलचित्र ‘लोकन्ती’ मंसिर २६ देखि प्रदर्शनमा आउने

काठमाडौं । चलचित्र ‘लोकन्ती’को फर्स्टलुक पोस्टर सार्वजनिक सँगै प्रदर्शन मिति घोषणा गरिएको छ ।

रञ्जित रानाको निर्देशनमा निर्मााण भएको यो चलचित्र यहि मंसिर २६ गते प्रदर्शनमा आउने भएको हो ।

कृशन फिल्म्सको प्रा.लि.को प्रस्तुति रहेको चलचित्र ‘लोकन्ती’ ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने निर्माण टिमले बताएको छ ।

चलचित्रले परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर तयार गरिएको पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेको निर्देशक रानाले बताए ।

चलचित्रमा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदैछन् । एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री रहेको छ साथै, विमला लिम्बु,कुमार न्यौपाने र विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभात लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

यसै चलचित्र मार्फत कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय यात्राको सुरुवात गरिरहेका छन् । आफ्नो डेब्यु चलचित्रलाई लिएर दुवै जना उत्साहित छन् ।

चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन् ।

संगीत निर्देशनमा विकास चौधरी, छायांकनमा रोनिश तामाङ च्याङ्बा रहेका छन् । नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक बोकेको ‘लोकन्ती’ ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ ।