चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि प्रदर्शनमा आउने
काठमाडौं । नारी–केन्द्रित कथामा बनेको चलचित्र ‘स्त्री’ ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ । निर्माण पक्षका अनुसार ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ ।
जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रको प्रदर्शन मिति घोषणासँगै सिनेमाको शीर्षक डिजाइन पनि सार्वजनिक गरिएको छ ।
सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक शाहीको ‘स्त्री’ डेब्यु सिनेमा हो ।
मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समीर राईको निर्माण रहेको यस चलचित्रमा निर्देशक शाहीकै कथा समावेश छ भने पटकथामा उनलाई किशन अर्यालले सहयोग गरेका छन् ।
सामाजिक कथा रहेको यस चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी र दीपाश्री निरौला मुख्य भूमिकामा छन् । बाल कलाकार दिप्सन चिलवाल रहेका छन् ।
चलचित्रको सह–निर्मातामा सहदेव विष्ट, प्रमोद भट्टराई प्रतीक, रिता श्रेष्ठ र मञ्जु राजवंशी रहेका छन् ।
रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, सुवास काफ्ले प्रोजेक्ट म्यानेजर, देव महर्जन द्वन्द्व निर्देशक, चन्द्र भण्डारी प्रमुख सह–निर्देशक तथा श्याम बराल मेकअप र सुकनिता चौलागाईं ड्रेस डिजाइनमा छन् ।
निर्माता समीर राईका अनुसार चलचित्रको हाल पोस्ट–प्रोडक्सनको काम चलिरहेको छ ।



