‘पीआर’को गीत ‘तिमी छौ र त’ सार्वजनिक

काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘पीआर’को ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्रका अभिनेता आर ए सुरज पौडेलको जन्मदिनको अवसर पारेर उक्त गीत रिलिज गरेको हो ।

शनिबार अस्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टर अबर्नमा एक कार्यक्रमकाबीच गीतको भिडियो रिलिज गरिएको निर्माण पक्षले जानकारी दिएको छ । भिडियोमा अभिनेता आर ए सुरज पौडेल र अभिनेत्री बिनिता कार्कीको रमाइलो नृत्य हेर्न सकिन्छ ।

मानस राजको संगीत, सनुप पौडेल र नीतु पुनको स्वरमा रहेको यो गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेको छ ।

चलचित्रमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन् । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के।सी।नेपाल र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ ।

चलचित्र यही मंसिर २६ गतेबाट हलमा लाग्दैछ ।