आजबाट हलमा खगेन्द्र र वर्षाको ‘हर्ष’
काठमाडौं । एकता पौडेलको निर्देशन रहेको चलचित्र ‘हर्ष’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजमा यो चलचित्र आजबाट हलमा आएको हो ।
‘हर्ष’बाट नेपाली रजतपटमा निर्देशकका रूपमा एकताले डेब्यू गरेकी छन् । बुधबार प्रिमियरमा यो चलचित्रलाई धेरैले राम्रो भनेका थिए । पारिवारिक कथामा बनेको चलचित्र भन्दै प्रिमियरमा पुगेका कलाकारले चलचित्रको तारिफ गरेका थिए ।
‘हर्ष’मा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।
आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।



