विपीन कार्कीको मुटुमा केकी अधिकारी, के हो वास्तविकता ?

काठमाडौं । तपाईंलाई केकी अधिकारी विपीन कार्कीको मुटुमा छन् भन्दा कस्तो लाग्छ ? सायद पत्याउनु हुन्न । पत्याउनु पनि कसरी ? केकी र विपीन दुवै विवाहित हुन् ।

यति मात्रै होइन उनीहरूको पारिवारिक सम्बन्धलाई लिएर नराम्रो खबर पनि आजसम्म आएको थाहा छैन । विपीन र केकीबीच त्यस्तो कुनै सम्बन्ध रहेकोबारे पनि केही हल्ला सुन्नु भएको छैन ।

तर, सत्य हो केकी र विपीनबीच सम्बन्ध छ । विपीन आफ्नो मुटुमा केकीलाई राखेर हिँड्छन् । अब मुटुमै राखेर हिँड्ने भनेपछि एकअर्कालाई माया गर्छन् भनेर त भनिरहनु परेन । यसै थाहा भइहाल्यो ।

यति मात्रै पनि कहाँ हो र ? होइन । उनीहरू सँगै खाना पनि खान्छन् । त्यो पनि होटल वा रेस्टुरेन्ट पनि होइन । घरमै । टुकीको बत्तिमा सँगै खाना खान्छन् ।

यति मात्रै पनि कहाँ हो र, केकीलाई लिएर विपीन टोलाउन थालेका छन् । अब के गर्ने भनेर तनाव छन् । तर, हो कुरा तरमा आएर अड्कियो । यो रियल लाइफमा नभएर रिल लाइफमा हो । सिनेमामा हो ।

चलचित्र ‘काजी’को पोस्टरमा यस्तै देखिएको छ । आफ्नो मुटुमा केकीलाई बोकेर विपीन हिँडिरहेका छन् । आफ्नो सम्बन्ध र विगतलाई लिएर उनी टोलाइरहेका छन् । त्यसैले हामीले पनि यो पोस्टरलाई लिएर यो सामग्री यसरी तयार पा¥यौँ । अब, इन्टरटेन्मेन्टको दुनिया हो । गसिप त चल्छ ।

जे होस्, विपीन र केकीको यो रिल लाइफको जोडी सफल होस् । चैत २७ गते काजी आउँदा विपीन र वर्षा राउतको जस्तै केकीसँग पनि विपीनको जोडी मजालो जमोस्, हाम्रो शुभकामना !