‘अभिमन्यु’मा दर्शकलाई सरप्राइज, रेखा थापाको इन्ट्री

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ यही शुक्रबारबाट रिलिज हुँदैछ । सिनेमा रिलिज हुँदा दर्शकले सरप्राइज पाउने भएका छन् । अहिलेसम्म निर्माणपक्षले लुकाए राखेको सरप्राइज के होला ?

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’मा रेखा थापाको पनि अभिनय रहेको छ । यो नै दर्शकका लागि सरप्राइज हुनेछ । अहिलेसम्म यो कहीँ कतै आएको थिएन ।

रेखा थापा गेष्ट अपिरियन्समा सिनेमामा देखिनेछिन् । उनलाई दर्शकले प्रहरी निरीक्षकको भूमिकामा देख्न पाउनेछन् । क्लाइमेक्समा उनलाई दर्शकले देख्न पाउने भएका छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ ।

यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ ।