एकअर्कालाई ‘मेरो प्रियतम’ भन्दै प्रभात र स्मारिका
काठमाडौं । चलचित्र ‘मुगलान’को गीत ‘मेरो प्रियमत’ सार्वजनिक भएको छ ।
आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको यस गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर, सिर्जना लम्सालको शब्द, किरण भुसालको संगीत, रिदम कँडेलको संगीत संयोजन र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ ।
मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकाललाई फिचरिङ गरिएको गीतमा रोमान्सलाई समेटिएको छ ।
देबेन्द्र कुँवरले कोरियाग्राफी गरेको यो गीतको भिडियोमा उनीहरुको जोडीलाई निकै सुहाएको देखिन्छ ।
यस अघि चलचित्र ‘मुगलान’ ‘पिन्टु पियारी’ गीत सार्वजनिक भइसकेको छ ।
रिहान प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खबपु, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोलाको अभिनय छ ।
आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्रका निर्माता गोमन सिंह हुन् । निर्माता सिंहको यो डेब्यु निर्माण हो । चलचित्रको को–प्रोड्युसरमा रिता चौधरी छिन् ।
तारा थापा ‘किम्भे’को सम्पादन,जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो चलचित्रमा रिदम कँडेलको बिजिएम, अजय रेग्मीको डिओपी छ ।
यो सिनेमालाई नेपालभर आर आर फिल्मस्ले वितरण गर्दैछ ।



