‘अभिमन्यु’को धमाधम पब्लिसिटी गर्दै रेखा थापा, सेयर गरिन् यस्तो भिडियो

काठमाडौं । दर्शकबाट सकारात्मक वर्ड अफ माउथ पाइरहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ बिहीबारबाट हलमा प्रदर्शनरत छ । यो सिनेमालाई दर्शकबाट राम्रो रिभ्यू पाइरहेका बेला अभिनेत्री रेखा थापा पनि यसको पब्लिसिटी गरिरहेकी छन् ।

सामाजिक सञ्जालमार्फत रेखाले ‘अभिमन्यु’को प्रचार गरिरहेकी छन् । तस्बिर, भिडियो र पोस्टरमार्फत रेखाले यो चलचित्रको सक्दो प्रचार गरिरहेकी छन् ।

रेखाले एउटा भिडियो सेयर गर्दै उनले ‘अभिमन्यु’को टिकट बुक गर्न आग्रह गरेकी छन् । भिडियो सेयर गर्दै उनले ‘आँधी आउनुभन्दा पहिले’ अब विश्वव्यापी रूपमा रिलिज भएको छ भन्दै ‘अभिमन्यु’को टिकट काट्न भनेकी छन् ।

भिडियोमा उनले जंगलमा लखेट्दै एक युवकलाई पेस्तोलले गोली प्रहार गर्छिन् । जहाँ उनी प्रहरीको बर्दीमा छिन् ।

यसअघि रेखाले आजै ‘अभिमन्यु’को आफ्नो क्यारेक्टर लुक्ससहितको तस्बिर सेयर गरेकी थिइन् । रेखा ‘अभिमन्यु’को क्लाइमेक्स सिनमा छिन् । प्रहरी निरीक्षकको भूमिकामा देखिएकी उनको सस्पेन्स इन्ट्री छ । किन भने उनको प्रवेशपछि ‘अभिमन्यु’मा खासै धेरै केही हुँदैन ।

त्यसैले उनी ‘अभिमन्यु : च्याप्टर–२’का लागि उनको प्रवेश भएको धेरैले आकलन गरेका छन् ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । चलचित्रमा कामेश्वर र लक्ष्मीसँगै किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायत कलाकारको अभिनय छ । अतिथि भूमिकामा रेखा थापा पनि रहेकी छन् ।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।

शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्