प्रभात पाल र स्मारिका ढकाल अभिनीति ‘मुगलान’को ट्रेलर रिलिज
काठमाडौं । पुस १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मुगलान’को ट्रेलर रिलिज भएको छ । निर्माण टिमले युना डिजिटल युटुब च्यानलमार्फत बिहीबार ट्रेलर रिलिज गरेको हो ।
ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथालाई प्रस्तुत गरिएको छ । कथाले २०५२ सालपछिको सरकार र तत्कालीन विद्रोही पक्षको चपेटामा परेका युवालाई मुगलान लखेटेको टिजरमा देख्न सकिन्छ ।
मुखियाको ऋण तिर्नका लागि मुगलान भासिएका प्रभात पाल फर्किएर आउँदा घर रिक्तो देख्छ । उसका बुबा आमा छैनन् ।
ट्रेलरमा फिल्मका मुख्य अभिनेता प्रभात पाल, अभिनेत्री स्मारिका ढकाल प्रेमी प्रेमिका रहेको र बिछोडको कथा पनि ट्रेलरमा देख्न सकिन्छ । प्रभात पाल, स्मारिका ढकालका अलवा टिजरमा रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खबपु लगायतलाई देख्न सकिन्छ ।
रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा अन्य कलाकार श्री शिवांशु, मोती सुबेदी, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतमलाई पनि देख्न सकिन्छ ।
आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह हुन् । चलचित्रको को–प्रोड्युसर रिता चौधरी हुन् ।



