नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त निर्माणमा चलचित्र ‘शिरजरा – सङ अफ ग्रान्डमोदर’ बन्ने

काठमाडौं । नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त निर्माणमा चलचित्र ‘शिरजरा – सङ अफ ग्रान्डमोदर’ बन्ने भएको छ ।

चलचित्र निर्माणमा नेपालको किङडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मसले सहकार्य गर्ने भएका हुन् ।

विकास सुबेदीको लेखन तथा निर्देशन रहने चलचित्रलाई सुवास भुषालले निर्माण गर्नेछन् । चलचित्रको कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) रहेका छन् । पोल्याण्डमा पोष्ट–प्रोडक्सनको काम हुने जनाइएको छ ।

मेटा–मोर्डन फिलोसोफिकल ड्रामा जनारामा निर्माण हुने जनाइए पनि चलचित्रको कथा भने खुलाइएको छैन ।

हाल प्रि–प्रोडक्सनको काम भइरहेको चलचित्रको छायाँकन फेब्रुअरी २०२६ देखि सुरु हुनेछ । चलचित्रका कलाकार तथा प्राविधिकबारे केही दिनमा जानकारी दिइने निर्माता भुषालले जनाएका छन् ।