‘मितज्यू’टिमले थाल्यो वर्कसप, माघबाट फ्लोरमा
काठमाडौं । अनिल बुढा मगरको दोस्रो फिल्म ‘मितज्यू’को वर्कसप सुरु भएको छ । शनिबारबाट फिल्मको वर्कसप सुरु भएको हो । वर्कसपमा ,तेरिया फौजा मगर, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायत रहेका छन् ।
चलचित्रका निर्माता जनक घर्ती मगर हुन् । उनका अनुसार यो फिल्म आगामी माघको पहिलो साताबाट छायांकनमा निस्किने छ ।
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डेलगायतको अभिनय रहनेछ ।
चलचित्रका मुख्य सहायक निर्देशकको रुपमा फिरोज खड्काले काम गर्दैछन् भने सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली, एल्मिना राई रहेका छन् ।
रोल्पाका विभिन्न स्थानमा खिचिने यो फिल्मको प्रदर्शन मिति समेत तोकिएको छ । निर्माण पक्षका अनुसार फिल्म आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउनेछ ।



