‘परिवर्तन’को पाकेको चिउरी’मा सुशील र अञ्जनाको छमछमी

काठमाडौं । चलचित्र ‘परिवर्तन’ को नयाँ गीत सर्वाजनिक भएको छ । आगामी माघ ९ गतेबाट रिलिज हुने सिनेमाको निर्माणपक्षले बिहीबार ‘पाकेको चिउरी’ बोलको गीत रिलिज गरेको हो ।

एसडी योगी र रेश्मा पुनको आवाजमा रहेको यस गीतमा संगीत गायक योगी कै रहेको छ । गीतको शब्द रचना भने मौसम अर्यालले लेखेका हुन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली छमछमी नाचेका छन् । रामजी लामिछानेले कोरियोग्राफी गरेको यस गीतको भिडियोमा दुवैको लभस्टोरी बुनिएको छ ।

निर्देशक विजय केरुङले फिल्मको गीतलाई दर्शकले मन पराउने बताए । उनले भने, ‘फिल्मको कथा अनुसार कै गीतलाई रोजेका छौँ । गाउँघरको टिपिटकल शब्दलाईलाई गीतमा बुनिएको हुनाले दर्शकलाई छुन्छ होला ।’

दिब्यासी फिल्मको ब्यानरमा निर्माण भएको यस चलचित्रले प्रेम कथा र एक्सनलाई समेटेको देखिन्छ । यो सिनेमामा अभिनेता सुशील र अभिनेत्री अञ्जनाका अलवा सरोज खनाल,करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेको मुख्य भुमिका रहेको छ ।

यस चलचित्रका निर्माता दीपक सिवाकोटी हुन् ।

दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । शिव ढकालको छायांकन रहेको यो सिनेमामा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत, द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ ।