विराटनगरमा नेपालमै पहिलो अत्याधुनिक सिनेमा घर खुल्यो
काठमाडौं । मोरङको विराटनगरमा पहिलो अत्याधुनिक सिनेमा घर खुलेको छ । सिटी सिनेमा प्रालिले अत्याधुनिक फोरके लेजर प्रोजेक्टर स्थापना गरेको छ । प्रोजेक्टर नेपालमै पहिलो र एक मात्र स्थापना भएको प्रोजेक्टर कम्पनीको दाबी छ ।
यसले देशको सिनेमा उद्योगमा नयाँ मापदण्ड र आयामको सुरुआत गरेको कम्पनीले बताएको छ ।
झन्डै दई करोड रुपैयाँ लागतमा जडान गरिएको उक्त प्रोजेक्टरले उच्च रिजोल्युसन, उज्यालो, गहिरो कन्ट्रास्ट र जीवन्त रङसहित दर्शकलाई विश्वस्तरीय दृश्यको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
पछिल्लो समय अत्याधुनिक प्रविधिसहित सिनेमा घर खुलिरहेका छन् । नयाँ मापदण्ड र प्रविधि जडान गरेर सिनेमा घरहरू स्थापना भइरहेका छन् ।



