आदिवासी संगीत तथा चलचित्र अवार्डमा ३४ विधामा अवार्ड
काठमाडौं । नेपालका आदिवासी जनजाति समुदायको भाषा, कला, संस्कृति, गीत–संगीत तथा चलचित्रको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ‘तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८२’ मा ३४ विधामा अवार्ड प्रदान गरिएको छ ।
चलचित्र विकास बोर्डमा भएको अवार्ड समारोहमा देश तथा विदेशमा क्रियाशील आदिवासी जनजाति समुदायका कलाकार, सर्जक तथा चलचित्रकर्मीहरूलाई ३४ विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको थियो ।
अवार्ड समारोहमा आदिवासी जनजाति समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्दै नयाँ पुस्तालाई प्रेरणा दिनु अवार्डको उद्देश्य रहेको आयोजक क्वालिटी फिल्मस्ले बताएको छ ।



