कसले पायो ‘डिएसए स्टार २०२५ सिजन–१८’मा अवार्ड ?

काठमाडौं । ‘डिएसए स्टार २०२५ सिजन–१८’को फिनालेमा विधागत रुपमा बालबालिकाहरु विजेता बनेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’तर्फ सुरिधी पुडासैनी विजेता बन्दा तेजस्वी जोरा ‘फस्ट रनरअप’, सुजयना गहतराज ‘सेकेण्ड रनरअप’, अपिल पन्त ‘थर्ड रनरअप’, विपास्ना ढुंगाना ‘फोर्थ रनरअप’, हिमांशी श्रेष्ठ ‘फिफ्थ रनरअप’ र यशोदा राउत ‘सिक्स्थ रनरअप’ भए ।

‘जुनियर डान्सिङ स्टार’तर्फ प्रिज्मा सापकोटाले शीर्ष उपाधि जित्दा काव्या पौडेल ‘फस्ट रनरअप’, अभिश्री तामाङ ‘सेकेण्ड रनरअप’, लिओना आले मगर ‘थर्ड रनरअप’, निभन्या प्याकुरेल ‘फोर्थ रनरअप’, आरजु श्रेष्ठ ‘फिफ्थ रनरअप’, प्रनिशा पन्त ‘सिक्स्थ रनरअप’, अनन्या चन्द ‘सेभेन्थ रनरअप’ र आराध्या घिमिरे ‘एट्थ रनरअप’ बने ।

‘प्री–टिन डान्सिङ स्टार’तर्फ अभियान गिरी विजेता बन्दा प्रियांशी सापकोटा ‘फस्ट रनरअप’, सोफी चापागाईं ‘सेकेण्ड रनरअप’, स्मृति अधिकारी ‘थर्ड रनरअप’, आरुषी घले ‘फोर्थ रनरअप’, पासाङ तामाङ ‘फिफ्थ रनरअप’, अनन्या घले ‘सिक्स्थ रनरअप’, योजन रेग्मी ‘सेभेन्थ रनरअप’ र रज्जा सापकोटा ‘एट्थ रनरअप’ भए ।

‘जुनियर सिङगिङ स्टार’ तर्फ विमर्शराज थापाले शीर्ष उपाधि चुम्दा आश्ना खत्री ‘फस्ट रनरअप’, अन्श आचार्य ‘सेकेण्ड रनरअप’ र अदिती खड्का ‘थर्ड रनरअप’ भए ।

‘प्री–टिन सिङगिङ स्टार’ तर्फ आयुष पौडेलले उपाधि जित्दा सगिष्ता राना मगर ‘फस्ट रनरअप’, सोनिया सिन्जाली ‘सेकेण्ड रनरअप’ र सम्पदा उप्रेती ‘थर्ड रनरअप’ बने ।

‘एक्टिङ स्टार’तर्फ आरोहण रिजालले शीर्ष उपाधि चुम्दा सियोना अर्याल ‘फस्ट रनरअप’, निलग्रिभ खतिवडा ‘सेकेण्ड रनरअप’ र अनामिका रिजाल ‘थर्ड रनरअप’ भए । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा भएको प्रतियोगितामा सहभागी एक सयजना बालबालिकाले वसुन्धरास्थित साउथ वेस्टर्न स्कुलमा एक महिनासम्म विभिन्न विषयमा प्रशिक्षण लिएका थिए ।