चलचित्र ‘मायावी’को पहिलो गीत सार्वजनिक

काठमाडौं । दीवाकर भट्टराईको निर्देशनमा निर्माण भएको चलचित्र ‘मायावी’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
माहाशिवरात्रीको अवसर पारेर फागुन १४ गते रिलिज हुने चलचित्रको निर्माण पक्षले अंग्रेजी नयाँ वर्षको अवसर पारेर ‘त्यो माया हो’ बोलको गीत रिलिज गरेको हो ।
‘त्यो माया हो’ गीतको भिडियोमा चलचित्रका मुख्य दुई कलाकार पल शाह र दीपिका प्रसाईं फिचर्ड छन् ।
एसडी योगी र सदीक्षा कट्टेलको स्वर रहेको चलचित्रको गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको संगीत, रिकेश गुरुङको एरेन्ज, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
सार्वजनिक गीतमा पल र दीपिकाको प्रेम भाव देखाइएको छ । उक्त्त भिडियोमा एकले अर्कोलाई मनका कुरा साटेको देख्न सकिन्छ ।
‘मायावी’मा पल र दीपिका सँगै सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ । ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समेत रहेका समिमले यसै चलचित्रमार्फत नवनायकका रुपमा डेब्यू गर्दैछन् ।
क्रिएटिभ सिने आट्र्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा निर्देशक भट्टराई स्वयंको कथा लेखन रहेको छ । सिनेमा पोखराको परिवेशमा तयार पारिएको छ ।
सिनेमामा राजु थापाको डीओपी, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, राम अविरल र दयाराम पाण्डेको गीत रचना छ ।
ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माता रहेको सिनेमाको सह-निर्मातामा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली रहेका छन् । प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको चलचित्रको लाइन प्रोड्यूसरमा राजकुमार कार्की हुन् । वसन्त अधिकारी सह-निर्देशक रहेको सिनेमामा मनोरञ्जन श्रेष्ठको कलर, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन रहेको छ ।