‘मायावी’का दुई नयाँ पोस्टरमा प्रेम, विछोड र मित्रताको कथा

काठमाडौं । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको प्रेम कथामा आधारित चलचित्र ‘मायावी’ को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको निर्माण टोलीले केही दिनअघि एक गीत सार्वजनिक गरेपछि को प्रदर्शन मिति नजिकिँदै गर्दा यी पोस्टरहरू सार्वजनिक गरेको हो ।
पोस्टरमा नायक पल शाह र नायिका दीपिका प्रसाईलाई मुख्य स्थान दिइएको छ । रोमान्स र भावुकता झल्किने पोस्टरहरू
सार्वजनिक पोस्टरमध्ये एकमा पल र दीपिका रोमान्टिक मुद्रामा देखिएका छन् भने अर्को पोस्टरमा पल भावुक मुद्रामा प्रस्तुत भएका छन् । यी पोस्टरहरूले चलचित्र प्रेम, विछोड र पीडाको गहिरो भावमा रहेको संकेत गर्दछ ।
क्रियटिम सिने आर्ट्समा निर्माण भएको चलचित्रमा मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईसँगै सुशिल सिटौला, करिश्मा श्रेष्ठ र नव–कलाकार समीम खान देखिनेछन् । यसबाहेक सिनेमामा राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाई, दीपेन्द्र सिम्खडा र संगीता सिलवाल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
क्रियटिम सिने आर्टस् प्रस्तुति रहेको चलचित्रमा नेम महर्जनको लगानी छ । ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माताको रुपमा छन् भने सिनेमामा राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् ।
चलचित्रको संगीतमा शम्भुजित बास्कोटा र एसडी योगीले काम गरेका छन् । कोरियोग्राफी कविराज गहतराज र प्रविन सिंहले तयार पारेका छन् ।
मिलन श्रेष्ठको सम्पादन, बसन्त अधिकारीको सह–निर्देशन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ ।