५१ औँ दिनमा ‘तेस भिसा’, १२ हलमा अझै प्रदर्शन

काठमाडौं । विपीन कार्की स्टारर चलचित्र ‘तेस भिसा’ले प्रदशर्नको ५१ औँ दिन मनाएको छ । निर्माणपक्षका अनुसार १२ वटा हलमा चलचित्र अहिले पनि प्रदर्शनरत छ ।
मंसिर ७ गतेबाट प्रदर्शनमा आएको सिनेमाले आज प्रदर्शनको ५१ औँ दिन मनाएको हो । क्यूएफएक्स सिनेमाको चारवटा आउटलेटमा र बाँकी अन्य मल्टिप्लेक्समा यो चलचित्र प्रदर्शनरत छ ।
क्यूएफएक्स, वान सिनेमाज, एफक्यूब, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, डीम्याक्स सिनेमाज, फ्रेन्डस सिनेमाज, सिने रोयललगायत मल्टिप्लेक्समा ‘तेल भिसा’ले ५१ औँ दिन मनाएको निर्माणपक्षले जनाएको छ ।
चलचित्रमा अभिनेता विपीन कार्की दोहोरो भूमिकामा छन् । विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।
‘तेल भिसा’को निर्देशक शंकर घिमिरे हुन् । निर्देशक घिमिरेले नै चलचित्रको कथा लेखेका छन् । प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ ।
प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन छ ।
रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।