क्यूएफएक्सका हलमा २.५ फिटमुनिका बालबालिकाले सिनेमा हेर्न नपाउने

काठमाडौं । मल्टिप्लेक्स क्यूएफएक्स चेनका आउटलेटमा २.५ फिटमुनिका बालबालिकाले चलचित्र हेर्न नपाउने भएका छन् ।

बुधबार एक सूचनामार्फत क्यूएफएक्सले अबदेखि क्यूएफएक्स चेनका आफ्ना आउटलेटमा २.५ फिटमुनिका बालबालिकाले प्रवेश नपाउने बताएको छ ।

“वृद्धदेखि बालकसम्म सबै दर्शकलाई सिनेमा हेर्न तोकिएको टिकटदर लागु हुनेछ । २.५ फिटभन्दा मुनिका बालबालिकालाई सिनेमा घरभित्र प्रवेश निषेध गरिएको छ,” सूचनामा उल्लेख छ ।

बच्चाको स्वास्थ्य, अरुलाई हुने अवरोध, अध्यारोमा बस्नुपर्दा बच्चामा पर्नसक्ने असर, ठूलो साउन्डका कारण बच्चा डराउन हुनसक्नेलगायतका कारण २.५ फिटभन्दा मुनिका बालबालिकालाई प्रवेश नदिइने भएको हो ।