‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड सरोजको ‘कोशेढुंगा’मा विजय बराल छन् ?

काठमाडौं । हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा गरेका गरिसकेका छन् । थिम पोस्टर सार्वजनिक गर्दै उनले ‘कोशेढुंगा’ निर्माणको घोषणा गरेका हुन् ।

सरोजले चलचित्रको नाम घोषणा गरे पनि हालसम्म कलाकारको लाइनअप घोषणा गरेका छैनन् । स्रोतका अनुसार सुरक्षा पन्त र आर्यन सिक्देल फाइनल भइसकेका छन् । महिला चरित्र प्रधान रहेकाले सिनेमाको लिड सुरक्षाले गर्ने स्रोतको भनाइ छ ।

थिम पोस्टरले ‘कोशेढुंगा’मा महिला चरित्रले सिनेमा लिड गर्ने प्रष्ट संकेत गरिसकेको छ । तर, को हो त्यो भने उनले खुलाएका छैनन् ।

विजय बराललाई फुलफेज हिरो बनाउने सरोज नै हुन् । विजयले ‘पूर्ण बहादुरको सारङ्गी’मा मुख्य भूमिका निभएका थिए । यो चलचित्रले नेपालमा मात्रै करिब ५० करोड ग्रसकलेक्सन गरेको छ ।

पौडेलको ‘कोशेढुंगा’मा विजयले काम गर्ने छन् अथवा छैनन् भन्ने यतिबेला धेरैको जिज्ञासा छ । स्रोतका अनुसार विजय ‘कोशेढुंगा’मा छैनन् ।

निर्देशक पौडेलले आग्रह गरे पनि उनले ‘कोशेढुंगा’मा काम नगरेको स्रोतले जानकारी दिएको छ । विजय अरु चलचित्रमा व्यस्त भएकाले यो चलचित्रमा अनुबन्ध हुन नचाहेको बताइएको छ ।

‘कोशेढुंगा’ सोसल ड्रामा हो । अभाव, अग्लो सपना र संघर्षको कथा चलचित्रले भन्ने संकेत थिम पोस्टरले गरेको छ । यसबारे निर्माणपक्षले भने केही बोलेको छैन ।

निर्माण पक्षले जानकारी दिए अनुसार चलचित्र २०८२ मा रिलिज हुनेछ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।

बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ ।

कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित हुनेछ ।