‘एक्टर’ र ‘फिरफिरे फिरिरी’ हलमा, कुनले तान्ला दर्शक ?

काठमाडौं । आज एकै दिन दुई नेपाली चलचित्र रिलिज भएका छन् । फ्राइडे रिलिजमा चलचित्र ‘एक्टर’ र ‘फिरफिरे फिरिरी’ एकसाथ प्रदर्शनमा आएका हुन् ।
‘एक्टर’ आधुनिक परिवेश, प्रेम, रोमान्स, मनोरञ्जनपूर्ण चलचित्र हो । प्रिन्स थापा, कशिस दाहाल, सरोज खनाल, शिवु शाह, मनिषा पाण्डे, निशा केसी भण्डारी, महेन्द्र मैनालीलगायत कलाकारको अभिनय छ ।
चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ । वरिष्ठ टिभि पत्रकार मनोहरी थापा निर्माता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, मदन घिमिरेको निर्देशन रहेको छ ।
नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ नायक प्रिन्स थापाको डेब्यु चलचित्र हो ।
‘फिरफिरे फिरिरी’ हरर कमेडी सिनेमा हो । याे चलचित्रलाई नवीन भट्टले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो ।
चलचित्रमा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले सिनेमाको स्क्रिप्ट मिलेर लेखेका हुन् ।
बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता मनोजकुमार अधिकारी हुन् । सिनेमामा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, प्रशान्त शिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन रहेको छ ।
सिनेमालाई आरआर फिल्मसले वितरण गरेको छ ।