अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने संदिग्ध (शंकास्पद व्यक्ति) पक्राउ परेका छन् । उक्त आरोपित व्यक्तिलाई छत्तीसगढको दुर्ग जिल्लाबाट रेलवे पुलिस फोर्स (आरपीएफ)ले पक्राउ गरेको हो ।
मुम्बईबाट हावडातर्फ जाँदै गरेको ज्ञानेश्वरी एक्सप्रेसबाट आकाश कन्नौजिया नामका युवकलाई आरपीएफले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
आरपीएफका एक अधिकारीका अनुसार आक्रमणकारीको सेलफोन लोकेसनको आधारमा पक्राउ गरिएको जानकारी दिएका छन् । उनीसँग अहिले सोधपुछ भइरहेको छ । यसबारेमा मुम्बई प्रहरीले पनि जानकारी पाइसकेको छ र मुम्बईबाट अनुसन्धानका लागि टोली पठाउने तयारी भइरहेको छ ।

घटना यही जनवरी १५ को राति भएको हो । सैफको घरमा प्रवेश गरेर अज्ञात व्यक्तिले उनलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । यस आक्रमणका कारण सैफलाई तुरुन्त अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।
मुम्बई प्रहरी र आरपीएफको संयुक्त अनुसन्धानले आक्रमणको कारण र घटनाको पूर्ण विवरण खुलाउने अपेक्षा गरिएको छ । सैफ अली खानमाथिको यो आक्रमणले बलिउडमा समेत चासो बढाएको छ ।