अभिनेता सैफ अली खानलाई छुरा प्रहार गर्ने व्यक्ति बंगलादेशी नागरिक

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानलाई छुरा प्रहार गर्ने व्यक्ति बंगलादेशी नागरिक भएको मुम्बई प्रहरीले जनाएको छ । मुम्बई प्रहरीले आज बिहान पत्रकार सम्मेलन गर्दै सैफमाथि आक्रमण गर्ने व्यक्ति बंगलादेशी नागरिक भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्ने व्यक्ति ३० वर्षिय मोहम्मद शरीफुल इस्लाम शहजाद छन् ।

“अभियुक्त बंगलादेशी भएको आशंका गरिएको छ । उनीसँग भारतीय कागजात छैन,” पत्रकार सम्मेलनमा जोन–९ का डीसीपी गेदाम दीक्षितले भने, “उनको राहदानीबारे छानविन भइरहेको छ ।”

सैफको बान्द्रास्थित आफ्नै घरमा बिहीबार बिहान उनीमाथि छुरा प्रहार भएको थियो । उनको मेरुदण्डबाट साढे २ इन्च लामो छुरा निकालिएको छ ।