कमब्याकमा फेल, अब के गर्लान् ?

काठमाडौं । नेपाली चलचित्रमा आफू सक्रिय रहेको समयमा हिट सिनेमा दिएर यो क्षेत्रबाट ओझेल परेका कलाकार धेरै छन् । विभिन्न कारणले लामो समय चलचित्र उद्योगबाट टाढिएका कलाकार अहिले पुनः अभिनयमा फर्किनेक्रम सुरु भएको छ ।
राम्रो बजार र माग हुँदाहुँदै पनि विदेशिएका कलाकार अहिले चलचित्र क्षेत्रमा फर्किनेक्रम सुरु भएको छ । कोही स्थायी रुपमै नेपाल फर्किएर त कोही विदेशमा बस्दै गर्दा सिनेमा खेल्न मात्रै नेपाल आएर चलचित्रमा काम गर्न सुरु गरेका छन् ।
यसलाई कतिले कमब्याक भनेका छन् । कुनै समय दर्शकको मन जितेर कलाकारितामा टावर पर्सनालिटी बनाएका चलचित्रकर्मी फर्किनु सकारात्मक पक्ष हो ।
यसको सुरुआत सरोज खनाल र करिष्मा मानन्धरले गरेका थिए । त्यसपछि यसले निरन्तरता पायो । केही वर्ष अगाडि नै रमेश उप्रेती पनि लामो समयपछि नेपाली चलचित्र उद्योगमा फर्किए । उनी फर्किएको पनि थुप्रै भइसकेको छ ।
यी कलाकारले सुरु गरेको कमब्याकको बाटोमा अहिले अरु कलाकार हिँड्ने प्रयास गरिरहेका छन् ।
अनिनेता उत्तम प्रधान, राजबल्लभव कोइराला, अभिनेत्री पूजा चन्द, विपना थापा, ऋचा घिमिरेलगायत कलाकार कमब्याकको प्रयास गरिरहेका छन् । निर्देशकतर्फ पनि यो प्रयास देखिएको छ ।
राजबल्लभव कोइराला ‘एक्टरः टेक वन’बाट सिने नगरीमा फर्किंदैछन् । उनले छायांकन पनि सकिसकेका छन् । यो चलचित्र रिलिजको अन्तिम तयारीमा छ ।
उत्तम प्रधान सिनेमा ‘म्याउँ’मार्फत पुनः नेपाली सिनेमामा फर्किने प्रयास गरेका छन् । जयराज रायको निर्देशनमा बन्न लागेको सिनेमामार्फत उनी नेपाली दर्शकमार्फत आउन लागेका हुन् । उत्तमले ‘दर्पण छाया’, ‘लहना’लगायत सिनेमामार्फत आफूलाई स्थापित गरेका थिए ।
पूजा चन्द कुनै समयकी लोकप्रिय नायिका हुन् । दर्जनौं चलचित्रमा काम गरेकी उनका कयौं सिनेमा लोकप्रिय छन् ।
पूजा चलचित्र ‘भूठान’मार्फत पुनः नेपाली सिने उद्योगमा फर्किनेछिन् । विनोद पौडेलको निर्देशन रहेको सिनेमका अहिले पोष्टप्रोडक्सन सकेर वैशाखमा रिलिज हुँदैछ । उनको अभिनय रहेको ‘तेल भिसा’ रिलिज भइसकेको छ ।
‘तेल भिसा’ उनैले बनाइन् । यो सिनेमामार्फत शंकर घिमिरे निर्देशनमा फर्किने प्रयास गरे ।
‘भूठान’मा पनि ऋचा घिमिरेको अभिनय छ । ऋचाले ‘तेल भिसा’मा पनि अभिनय पनि गरेकी थिइन् ।
सिनेमा ‘ह्रस्व द्रीर्घ’बाट विपना थापा पनि कमब्याकको प्रयास गरिन् । यो सिनेमा पनि रिलिज भइसकेको छ । यो सिनेमालाई चन्द्र पन्तको निर्देशन गरेका थिए ।
राज बल्लभ र उत्तम प्रधानको काम हेर्न बाँकी छ । अरुको काम दर्शकले हेरिसकेका छन् । उनीहरूको काम दर्शकले मन पराए त ? उनीहरूको काम हेरेर मेकरले कति अफर गरे अथवा गरिरहेका छन् ? उनीहरूको काम हेरेर खासै अफर गरेको समाचारहरू आएका छैनन् ।
चलचित्रमा काम गर्ने भनेर आएका वा सिनेमामा काम गरेका कलाकारको काम हेरेर अफर आएन भने यसलाई कमब्याक सफल यो कि भएन ? जवाफ प्रष्टै छ, भएन । दर्शकले डिमान्ड गरे निर्माता र निर्देशकले पनि आफ्नो चलचित्रमा अफर गर्ने हो । यसअर्थमा अधिकांश कलाकारको असफल कमब्याक भन्न सायद हिचकिचाउनु पर्दैन ।