हरर फ्यामिली ड्रामा ‘ममी’को ट्रेलरमा प्रियंका, सुलक्षण र कालो बिरालो

काठमाडौं । हरर फ्यामिली ड्रामा ‘ममी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र सुलक्षण भारती ट्रेलरका हावी छन् । विभिन्न घट्ना र आकृतिहरूसँगको भेट र अनौठा पात्रहरूलाई ट्रेलरमा समेटिएको छ ।
माघ २५ गतेबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलरले सिनेमाको कथावस्तुको बारेमा प्रकास पार्छ । अनौठा पात्रहरूको त्रासमा कसरी एउटा परिवार गुज्रिरहेको छ र त्यसले परिवारमा ल्याउने परिणामको कथा भन्ने ट्रेलरले संकेत गरेको छ ।
कालो विरालोलाई विशेष स्थान दिइएको छ । जसलाई डरको प्रतीकका रुपमा प्रयोग गरिएको छ ।
चलचित्रमा प्रिंयका र सुलक्षणसँगै दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रमा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । सिनेमाको निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन् । कार्यकारी निर्मातामा सुमन कोइराला छन् ।
सिनेमाको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको छ । पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्धन्द्व निर्देशन, रंग संमयोजनमा दीपेश चौधरी तथा संगीतकारमा एसडी योगी छन् ।
सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रिव्युसनले वितरण गर्दैछन् ।