‘मिसिङः केटी हराएको सूचना’ आजबाट हलमा

काठमाडौं । चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो ।

बुधबार साँझ ललितपुरको लबिम मलमा यो चलचित्रको प्रिमियर आयोजना गरिएको थियो ।

प्रिमियरमा चलचित्र हेर्ने अधिकांश फिल्मकर्मीले सिनेमाको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष, प्राविधिक पक्षको तारिफ गरेका थिए ।

दीपेन्द्र गौचनको लेखन र निर्देशन रहेको चलचित्रमा नाजिर हुुसेन र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् ।

चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णलगायत कलाकारको अभिनय छ ।

निर्देशक दीपेन्द्र ‘उजेली’ र ‘मुमिन’ जस्ता डकु–ड्रामा लागि परिचित छन् ।