अभियुक्तका पिताले भने– मेरो छोराले आक्रमण गरेको हो तर सीसीटीभीमा देखिएको व्यक्ति अर्कै हो

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानको मुम्बईस्थित घरमा घुसेर आक्रमण गरेको आरोपमा पक्राउ परेका अभियुक्तका पिताले आफ्नो छोराले आक्रमण गरेको तर सीसीटीभीमा देखिएको व्यक्ति आफ्नो छोरो नभएको बताएका छन् । प्रहरीले शरीफुल इस्लाम शहजादलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका अभियुक्त आफ्नो छोरा भए पनि उनका बुबा रुहुल अमिन फकिरले सीसीटीभी फुटेजमा देखिएको व्यक्ति आफ्नो छोरा नभएको बताएका छन् ।
अर्थात् फुटेजमा देखिएका व्यक्ति र पक्राउ परेका व्यक्ति एउटै नभई फरक रहेको उनीहरूको दाबी छ । श्रीमतीबाहेक बंगलादेशको झलोकाटीमा बस्ने रुहुल अमिन फकिरको परिवारमा तीन छोरा छन् ।
“म फोनमा धेरै कुरा गर्दिनँ । छोराछोरीलाई कस्तो छ भन्ने कुरा मात्रै गर्छु ? सन्तान गिरफ्तार भएको खबर टिभी च्यानलबाट पाएको हुँ,” रुहुल अमिन फकिर भन्छन्, “फुटेजमा देखिएको तस्बिरबाट यो मेरो छोराको होइन । प्रहरीले मेरो छोरालाई पक्कै गिरफ्तार गरेको थियो । तर, तस्विरमा देखिएका व्यक्ति भने फरक छन् ।”
अभियुक्तका बाबुले के भने ?
रुहुल आफ्नो ३० वर्षीय छोराको बारेमा भन्छन्, “उनको बाल्यकालदेखि नै लामो कपाल हुन्थ्यो । र, उसको कपाल पछाडि बाँध्ने गर्थे । तर, फुटेजबाट प्राप्त तस्बिरमा त्यस्तो देखिँदैन । त्यसपछि मैले अनुहारमा पनि समानता नभएको देखेँ ।”
अरु कसैका कारण छोरामाथि आक्रमणको आरोप लागेको उनको दाबी छ । करिब छ–सात महिनाअघि आफ्नो गाउँमा रहेको व्यक्तिले भारत गएर यस्तो कठिन काम गर्न नसक्ने उनको दाबी छ ।
रुहुल भन्छन्, “सैफ अली खान, शाहरुख खान र सलमान खान ठूला मान्छे हुन् । यी मानिसहरू प्रभावशाली र मन्त्री र सांसदजस्ता सुपरस्टार हुन् । उनीहरुको नजिक पुग्न गाह्रो छ ।”
रुहुल अमिन फकिर शरीफुल गत वर्ष अर्थात् २०२४ को मार्च–अप्रिलमा भारत गएका थिए । उनले भने, “उनीमाथि केही मुद्दा चलिरहेको थियो । म मेरो इलाकामा बिएनपी संघको अध्यक्ष हुँ । शरीफुल पनि त्यसको सदस्य हो । जेठो छोरा पनि राजनीतिमा छ ।”
फकिर भन्छन्, “जब अवामी लिग सत्तामा थियो, राजनीतिक प्रतिशोधका कारण उनीविरुद्ध धेरै मुद्दा दर्ता भएका थिए, जसका कारण शरीफुलले देश छाड्ने निर्णय गरेको थियो ।”
शरीफुल भारत गएको परिवारलाई थाहा भएको उनको भनाइ छ । के उनी अवामी लिगको सरकार ढलेपछि स्वदेश फर्कन चाहन्थे भन्ने प्रश्नको जवाफमा फकिरले होइन भने । उनी भन्छन्, “आवश्यक कागजात बनाएर शरीफुल त्यहीँ बस्ने निर्णय भएको थियो ।”
शरीफुलले भारतको ‘बारजस्तै होटेल’मा काम गर्न थालेको र हरेक महिनाको १० गते तलबबाट केही पैसा परिवारलाई पठाउने गरेको फकिर बताउँछन् ।
मुम्बई प्रहरीले पनि शरीफुल होटेलमा काम गरेको बताएको छ । शरीफुलले मुम्बईको पबमा वेटरको काम गर्न थालेको प्रहरीले जनाएको छ । तर, त्यहाँ उनले धेरै समय काम नगरेको प्रहरीको भनाइ छ ।
कहिले भएको थियो आक्रमण ?
जनवरी १६ मा मुम्बईको बान्द्रा इलाकामा रहेको सैफ अली खानको घरमा एक हमलाकारी प्रवेश गरी उनीमाथि चक्कु प्रहार गरेका थिए । आक्रमणमा सैफ गम्भीर घाइते भएका थिए ।
१९ जनवरीमा मुम्बई प्रहरीले शरीफुल इस्लामलाई पक्राउ गरेको थियो । मुम्बई प्रहरीले उनलाई सैफ अली खानमाथि हमलाको अभियुक्त भन्दै उनी बंगलादेशी नागरिक भएको पनि बताएको थियो ।
तर, अदालतमा हाजिर हुँदा शरीफुलका पक्षमा उपस्थित दुवै पक्षका वकिलले शरीफुल बंगलादेशी नागरिक भएको कुनै प्रमाण नभेटिएको दाबी गरेका थिए ।
अधिवक्ता सन्दीप शेरखानले शरीफुल इस्लाम विगत केही वर्षदेखि आफ्नो परिवारसँग मुम्बईमा बस्दै आएको दाबी गरेका छन् ।
यस्तो अवस्थामा उनी केही महिनाअघि बंगलादेशबाट अवैध रूपमा भारत आएका आरोप निराधार छन् । शरीफुलको परिचय, परिचयपत्र र भारतमा बंगलादेश विरोधी राजनीतिलाई लिएर विवाद जारी छ ।
धेरै मानिसले मुम्बई पुलिसले शरीफुललाई ‘बांग्लादेशी घुसपैठकर्ता’ भनेर तुरुन्तै नाम दिएकोमा पनि शंका गरिरहेका छन् । बिबिसी