एक्टर: टेक वान’को प्रदर्शन रोक्न माग गर्दै अदालतमा मुद्दा

काठमाडौं । चलचित्र ‘एक्टर’ निर्माणपक्षले सिनेमा ‘एक्टर: टेक वान’ विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
काठमाडौं जिल्ला अदालतमा शुक्रबार प्रतिलिपि अधिकार ऐनअन्तर्गत मुद्दा दर्ता भएको हो ।
“चलचित्रको नाम र कथावस्तु दुवै मिलेको भन्दै चलचित्र एक्टर: टेक वान विरुद्ध मुद्दा दर्ता भएको छ,” काठमाडौं जिल्दा अदालतका स्रेस्तेदार तिर्थराज भट्टराईले भने । उनका अनुसार दुवै पक्षलाई छलफलका लागि १५ गते बोलाइएको छ । मुद्दामा ‘एक्टर: टेक वान’को प्रदर्शन रोक्न माग गरिएको छ ।
एक्टर माघ १६ गते रिलिज हुनेछ । ‘एक्टर’ माघ ४ गते रिलिज भइसकेको छ ।
‘एक्टर’लाई मदन घिमिरेले निर्देशन गरेका थिए । ‘एक्टर: टेक वान’लाई राजन भुसालले निर्देशन गरेका छन् ।


