निर्देशक मिलन चाम्सले घोषणा गरे अनटाइटल लभस्टोरी सिनेमा

काठमाडौं । चलचित्र निर्देशक मिलन चाम्सले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्र लभस्टोरी जानरामा बन्ने उनले बताएका छन् ।
राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको अर्को साता नाम घोषणा गरिने निर्माण टिमले बताएको छ । प्रेमकथामा बन्ने चलचित्रको आगामी अगस्टमा लन्डन र नेपालमा छायांकन हुने निर्माणपक्षले जनाएको छ ।
चलचित्रका लागि कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताएका छन् । चाम्सद्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ फागुन २९ गतेबाट प्रदर्शनमा आउँदै छ ।
चलचित्र ‘वीर बिक्रम’, ‘लिली बिली’ ‘ब्लाइण्ड रक्स’, ‘गोर्खा वारियर’, ‘बबी’,जस्ता फरक फरक जनराको चलचित्र मिनले निर्देशन गरिसकेका छन् ।