‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र ‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले अर्को आदेश नआउँदा सम्मलाई प्रदर्शन रोक्न भनेको छ ।

अदालतले दुवै पक्षलाई माघ २२ गतेका लागि बोलाएको छ । ‘एक्टर’ चलचित्रसँग नाम र कथावस्तु मिलेको गत शुक्रबार अदालतमा मुद्दा परेको थियो । अदालतमा मुद्दा परेपछि आजका लागि दुवै पक्षलाई बोलाइएको थियो ।

‘एक्टर : टेक वान’ भोलिबाट प्रदर्शनको तयारीमा थियो । अदालतको आदेशसँगै प्रदर्शन रोकिएको छ । ‘एक्टर’लाई मदन घिमिरेले निर्देशन गरेका थिए । ‘एक्टर’ रिलिज भइसकेको छ ।

‘एक्टरः टेक वान’लाई राजन भुसालले निर्देशन गरेका छन् । यसमा प्रदीप खड्का, राजबल्लभ कोइराला, दिब्या रायमाझी, आना शर्मालगायत कलाकारको अभिनय छ ।