‘मिस्टर एन्ड मिस नेसनल नेपाल’को अडिसन फागुन ३ गतेदेखि सञ्चालन हुने

काठमाडौं । ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को चौथो संस्करण हुने भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को चौथो संस्करणको घोषणा गरिएको हो ।
सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको अडिसन फेब्रुअरी १५ (फागुन ३) देखि मार्च २ सम्म काठमाडौं, विराटनगर, पोखरा, इटहरी, चितवन, नेपालगञ्ज र धनगढीमा हुनेछ ।
नोभेम्बर क्लोथिङ मुख्य प्रायोजक रहेको प्रतियोगिताको अडिसनमा मिस ग्लोबकी विजेता डायना विशेष जजका रूपमा सहभागी हुनेछिन् । साथै, प्रतियोगिताले वर्ल्ड युथ फेस्टिभलसँग सहकार्य गर्दै जलवायु परिवर्तनबारे जनचेतना फैलाउने फेसन रनवे शो आयोजना गर्नेछ ।
मिस्टर एन्ड मिस नेसनलभित्र ६ वटा अन्तराष्ट्रिय फ्रेन्चाइज छन् । मिस सुप्रा नेसनल, मिस ग्लोब नेपाल, मिस्टर सुप्रा नेसनल, मिस इन्टरकन्टिनेन्टल, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिजम वर्ल्ड रहेका छन् । जुन मिस्टर एण्ड मिस नेसनल नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता हो ।
यसअघि ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ मा सजिना खनाल र धीरजकाजी बस्नेतले मिस्टर र मिस सुप्रा नेसनलको उपाधि जितेका थिए । आगामी फेब्रुअरी १० मा भियतनाममा हुने ‘मिस्टर टुरिजम वर्ल्ड’ मा नेपालबाट मिलन भट्टराई सहभागी हुँदैछन् ।
