‘एक्टरः टेक वान’ आज दिउँसोबाट प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘एक्टरः टेक वान’को आजबाट प्रदर्शनमा आउने भएको छ ।

प्रदर्शन रोक्न माग गर्दै अदालत पुगेका ‘एक्टर’का निर्माताले आज मुद्दा फिर्ता लिने भएपछि ‘एक्टर : टेक वान’को आजबाट प्रदर्शनमा आउने भएको हो ।

‘एक्टर’का निर्माताले आज अदालत खुल्नबित्तिकै मुद्दा फिर्ता लिने बिहीबार दुईपक्षबीच सहमति भएको थियो । त्यसैले आज दिउँसोबाट ‘एक्टरः टेक वान’ प्रदर्शनमा आउनेछ ।

हलहरूले दिउँसोका शो खोलेका छन् । हलहरूले अग्रिम बुकिङ खुलाएका छन् ।

‘एक्टरः टेक वान’लाई राजन भुसालले निर्देशन गरेका हुन् । यसमा प्रदीप खड्का, राजबल्लभ कोइराला, दिब्या रायमाझी, आना शर्मालगायत कलाकारको अभिनय छ ।