यस्तो छ ‘होस्टेल ३’को ‘मनमा अनौठो’

काठमाडौं । आगामी फागुन २३ गते रिलिज हुने तयारीमा रहेको चलचित्र ‘होस्टेल ३’ को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ ।
किशोर-किशोरीको प्रेमलाई उजागर गरेको चलचित्रको सार्वजनिक गीतमा सिनेमाका प्रमुख कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन् ।
गीतमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीत छ भने स्वर रेश्मा पुन र उकेश रावलको स्वर रहेको छ । गीतको भिडियोलाई प्रवीण सिंहले कोरियोग्राफी गरेका हुन् । जसमा प्रेम, साथ, समर्पण र आत्मीयताको भाव देखाइएको छ ।
‘होस्टेल ३’ चर्चित नेपाली चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण हो । यसलाई सशान कँडेलले निर्देशन गरेका छन् भने स्क्रिप्ट माधव शर्माले लेखेका हुन् । चलचित्रको कथा निर्देशक कँडेलकै रहेको छ, जसमा क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइला क्षणहरू समेटिएको छ ।
चलचित्रमा पारस बम र सिम्रन पन्तसहित रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, र समा पराजुलीको प्रमुख अभिनय रहेको छ । साथै, उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने कार्यकारी निर्माता शङ्कर कोइराला रहेका छन् । सह-निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता, र अनीश सिग्देल छन् । चलचित्रको लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् ।
‘होस्टेल ३’मा अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक र यम प्रसाद ओली प्रोडक्सन डिजाइनर रहेका छन् ।
चलचित्रका सङ्गीतकारहरू अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल छन् । सम्पादन विकास दाहालले गरेका छन् भने प्रवीण सिंह र रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् । द्वन्द्व निर्देशन हिमाल केसीले गरेका छन् भने पोस्टर डिजाइन राकेश दाहालले गरेका छन् ।
फागुन २३ गते नेपालसहित अन्य विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रका नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स रहेका छन् ।