साढे दश महिनामा कति सिनेमा निर्माणका लागि लिइयो इजाजत ?

काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष निर्माणका लागि इजाजत लिने चलचित्रको संख्या बढेको छ । अघिल्लो वर्षको अनुपातमा यो वर्ष चलचित्रले राम्रो व्यापार गरेकाले निर्माणमा होमिने निर्माताको संख्या उच्च भएको हो ।

साढे दश महिनामा १५५ सिनेमा निर्माणका लागि चलचित्र विकास बोर्डमा इजाजत लिएको पाइएको छ । वैशाखदेखि माघ १५ गतेसम्म १५५ सिनेमा निर्माणका लागि बोर्डमा दर्ता भएका छन् ।

गत वर्ष जम्मा १५० सिनेमा दर्ताका लागि इजाजत लिएको बोर्डको तथ्यांकमा उल्लेख छ । साढे १० महिनामा नै गत वर्षको भन्दा धेरै चलचित्रले दर्ताका लागि इजाजत लिइसकेका छन् ।

अझै साढे समय रहेकाले गत वर्षको भन्दा यो वर्ष निकै ठूलो संख्यामा चलचित्रले निर्माणको इजाजत लिने र सोही अनुपातमा निर्माण र प्रदर्शन पनि हुने देखिन्छ ।

यो वर्ष चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’, ‘छक्का पञ्जा’, ‘१२ गाउँ’ ‘बोक्सीको घर’लगायत चलचित्रले राम्रो व्यापार गरेपछि चलचित्रमा लगानी गर्नेको संख्या पनि बढेको हो । यो वर्ष इजाजत लिएर चलचित्र बन्दा अर्को वर्ष रिलिज हुने चलचित्रको संख्या बढ्छ ।