पूर्वमन्त्री झाक्रीले भनिन्– चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ


काठमाडौं । पूर्वमन्त्री रामकुमारी झाक्रीले चलचित्र ‘एक्टर : टेक वान’ हेरेपछि सकारात्मक प्रतिक्रिया दिएकी छन् । उनले यस चलचित्रलाई रहस्यमय र रमाइलो भएको बताइन् ।

झाँक्रीले यस चलचित्रले रिलिजको बेला खेप्नु परेको समस्याको विषयमा पनि बोलिन् । “विवाद नहुनुपर्ने थियो, भयो । यो चलचित्र उठिसकेको छ, अब झनै दौडिनेछ । दर्शकलाई मैले यो चलचित्र सफल बनाउन अनुरोध गर्छु,” उनले भनिन् ।

उनले सेन्सर पास हुनुअगाडि नै सबै कुरा समाधान गर्नुपर्नेमा जोड दिँदै भनिन्‌, “जे कुरा हुन्छ, चलचित्रको सेन्सर पास हुनुअगाडि नै गर्नुपर्ने हो । यो चलचित्रलाई लिएर पनि त्यसरी नै जानुपर्ने थियो ।”

झाक्रीले चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्ने बताइन् ।

‘एक्टर ः टेक वन’मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायत कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् ।