नेपाली हरर चलचित्र ‘ममी’लाई प्रिमियरमा माइलस्टोन भएको प्रतिक्रिया

काठमाडौं । समर निरौलाले निर्देशनमा निर्माण भएकाे नेपाली हरर चलचित्र ‘ममी’को प्रिमियर सम्पन्न भएको छ ।
बुधवार काठमाडौंमा आयाेजना गरिएको प्रिमियर शोलाई हरर थिममा सजाइएको थियो ।
प्रिमियरमा चलचित्रका ‘कास्ट एन्ड क्रिउ’ देखि सिनेक्षेत्रका व्यक्तित्वहरूकाे सहभागिता रहेकाे थियाे ।
सिनेमा हेर्न अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाला, निर्माता छविराज ओझा, अभिनेत्री केकी अधिकारी, अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेतदेखि पूर्वमिस नेपाल तथा अभिनेत्री नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल जेनिशा मोक्तानसम्म पुगेका थिए ।
यही शुक्रवार रिलिज हुने यस चलचित्रमा प्रियङ्का कार्की , सुलक्षण भारती, दिया मास्के लगायतको प्रमुख भूमिका रहेको छ ।
प्रिमियर पास बाँड्नेदेखि स्वागत गर्ने सम्मलाई ‘घोस्ट’को लुक्समा राखिएको थियो, जसले चलचित्र सुरु हुनु अगावै हरर महसुस भएको थियो ।

चलचित्र हेरेपछि दर्शकले यो चलचित्र नेपाली हरर चलचित्रको लागि माइलस्टोन हुनसक्ने प्रतिक्रिया दिए ।
निर्देशक दीपात्री निरौलाले प्रिमियर शोपछि मिडियासँग प्रतिक्रिया दिँदै विषय वस्तु अनुसार उत्कृष्ट सिनेमा बनेको बताइन् । धेरैपछि नेपालमा एउटा उत्कृष्ट फ्यामिली हरर सिनेमा हेर्न पाएकाले सुन्तुष्टी मिलेको भन्दै सवै दर्शकलाई ढुक्क भएर टिकट काटेर सिनेमा हेर्न अनुरोध गरिन् । यता अभिनेत्री केकी अधिकारीले पनि सिनेमा राम्रो बनेको भन्दै समर निरौला जस्ता नयाँ निर्माता तथा निर्देशकलाई नेपाली सिनेमा क्षेत्रमा स्वागत गर्नुपर्ने बताइन् ।

अभिनेता सलोन बस्नेतले पनि सिनेमा राम्रो बनेकाले सवैलाई सिनेमा हर्न आग्रह गरे । यस्तै पूर्वमिस नेपाल नम्रता श्रेष्ठले पनि ‘ममी’ले तर्साउन र समाजमा घट्ने यस्ता घटनाको बारेमा सजग हुने सचेत गराएको बताइन् । यता अर्का अभिनेता सलिनमान बनियाँले पनि सिनेमाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका थिए ।

‘ममी’लाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । त्यसैले यो फिल्म १७ वर्षभन्दा कम उमेर समूहका दर्शकले हेर्न पाउने छैनन् । यसमा प्रियङ्का, सुलक्षण र दियासँगै समीप निरौला, जेभिस-जेनिश श्रेष्ठ, आयुषी ढकाललगायतको अभिनय छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ । समरकाे याे डेब्यू निर्देशकिय सिनेमा हाे ।
चलचित्रको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।