फ्राइडे रिलिजमा उस्तैउस्तै तीन नेपाली चलचित्र, कति उत्तम ? जवाफ दिँदै दर्शक

काठमाडौं । एकै दिन तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजमा एकै दिन तीन नेपाली चलचित्र ‘ममी’, ‘जुना’ र ‘सारंग’ प्रदर्शनमा आएका हुन् ।
‘ममी’लाई समर निरौलाले निर्देशन गरेका छन् । यो चलचित्रमा प्रियंका कार्की, दीया मास्के र सुलक्षण भारती, समीव निरौला, घनश्याम जोसीलगायत मुख्य भूमिकामा छन् । यो चलचित्र साइकोलोजिकल ड्रामा हो । जसमा हरर एलिमेन्ट रहेको छ ।
‘सारंग’लाई प्रशान्त तामाङले निर्देशन गरेका छन् । यो चलचित्रमा ऋचा शर्मा, उत्पल झालगायत कलाकार मुख्य भूमिकामा छन् ।
‘सारंग’ले बालमनोविज्ञानको कथा उठान गरेको छ । ‘सारंग’ले बाउआमाको झगडाले उनका सन्तानका पर्ने मनोवैज्ञानिक असरको कथा भन्छ । त्यसैले छोराछोरीका लागि भए पनि बाबुआमाबीच राम्रो सम्बन्ध हुनुपर्छ भन्ने यो चलचित्रले दिएको सन्देश हो ।
‘जुना’लाई जीवन सेन्चुरीले निर्देशन गरेका छन् । बालविवाह यो चलचित्रले उठान गरेको विषय हो । बाल विवाह सामाजिक अपराध हो भन्ने यो चलचित्रले दिने सन्देश हो । ‘जुना’मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाललगायत कलाकारको अभिनय छ ।
एकै दिन करिब उस्तैउस्तै कथा र जनरामा तीनवटा चलचित्र रिलिजमा आएका छन् । त्यसैले यी चलचित्रका लागि एउटै रिलिज डेट कति उत्तम थियो भन्ने दर्शकले आज र भोलिमा जवाफ दिनेछन् ।