प्रेम, एक्सन र बदलाको कथामा ‘ताण्डवम्’को ट्रेलर

काठमाडौं । फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक गरिएको छ ।

कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको चलचित्रको सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच २ मिनेट ५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

गहतराजकोको यो पहिलो निर्देशकीय सिनेमा हो । प्रेमिल र हिंसात्मक दृश्यहरू प्रशस्त देखाइएको ट्रेलरमा एक गर्भवती महिलाको हत्या भएपछिको घटनाक्रमलाई मुख्य कथावस्तु बनाएको देखिन्छ ।

सस्पेन्स तथा थ्रिलर महसुस गराउन ट्रेलरले पछिल्लो समय नेपालमा निर्माण भइरहेका पारिवारिक तथा एक्सन थ्रिलर जनराका सिनेमाको भन्दा फरक र युनिक पन देखिन्छ ।

ट्रेलरले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरा सिनेमामा प्रस्तुत गरिएको बुझाउँछ ।

दर्शकमाझ सिनेमाप्रति कौतुहल्ता पैदा गर्ने ट्रेलरले त्यो रात के भयो ? भन्ने सवांदबाट सुरु भएको सिनेमाको भगवान पनि म, अनि राक्षस ? बाट अन्त्य गरिएको छ । को ट्रेलर सफल देखिन्छ ।

निर्देशक गहतराज यसअघि सार्वजनिक भएका चलचित्रका प्रचार सामाग्रीले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएकाले यो ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।

‘ताण्डवम्’ मा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् ।

हरि घले लामाले खिचेको चलचित्रमा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।