‘पिताम्बर’को ‘म त फ्यान भएँ’मा भिडियोमा देखियो मेहनत

काठमाडौं । चलचित्र ‘पिताम्बर’को गीत ‘म त फ्यान भएँ’ सार्वजनिक भएको छ । निर्माणपक्षले आज यो चलचित्रको गीत काठमाडौंका एक कार्यक्रम गर्दे सार्वजनिक गरेको हो ।
गीतको भिडियो आकर्षक बनेको छ । आकर्षक कोरियोग्राफी छ । प्रोडक्सन भ्यालु रिच देखिएको छ । सेट र ठूलो संख्यामा कोरस प्रयोग भएका कारण भिडियो निर्माणमा ठूलो खर्च भएको प्रोडक्सन भ्यालुले देखाउँछ ।
गीतमा अस्मिता अधिकारी र आशिष अभिरलको स्वर छ भने आशिष स्वयंको संगीत छ । आनन्द अधिकारी र आशिषले संयुक्त रुपमा गीत लेखेका छन् ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र दिव्या रायमाझीको नृत्य छ । कोरियोग्राफी राम्रो देखिँदा भिडियो आकर्षक देखिएको छ । ठूलो संख्यामा रहेका कोरसले भिडियोलाई राम्रो देखाएको छ ।
‘पिताम्बर’मा स्टार कलाकारहरूको अभिनय छ । बलियो लाइनअप रहेको यो चलचित्रमा प्रदीप र दिव्यासँगै सौगात मल्ल, दयाहाङ राई, दिव्या रायमाझी, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारीलगायत कलाकारको अभिनय छ ।
केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचेका छन् । विशाल चौलागाईं निर्माता छन् ।
कथा प्रदीप भारद्धाजको लेखेका छन् । हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्रमा लगानी ५ करोड रहने बताइएको छ ।
चलचित्र ‘पिताम्बर’ चैत २९ गते रिलिज हुँदैछ ।