क्राइम थ्रिलर ‘११:५५’को पाँच क्यारेक्टर पोस्टरमै सस्पेन्स

काठमाडौं । केशव पाण्डेको निर्देशनमा निर्माण भएको क्राइम थ्रिलर चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।
आउँदो चैत्र ८ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाका पाँच मुख्य पात्रहरूको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।
बुधबार सार्वजनिक गरिएको लुक्समा चलचित्रका प्रमुख भूमिकामा रहेका कलाकार सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेब्यु अभिनेता सागर खनालको लुक्समा उनीहरूले निर्वाह गरेको भूमिका अनुसारकै चरित्र झल्किएको छ ।
सिनेमाको क्राइम थ्रिलर जनरा अनुसार पात्रको लुक्स देखिन्छ । लुक्सले कथा के हो खुलाएको छैन । स्टोरी सस्पेन्स नै राखिएको छ । तर, काँडेतार, बन्दुकको प्रयोग र रगतले सरकारी सुरक्षा संयन्त्रसँग भिडिरहेको हो कि भन्ने सामान्य अनुमान भने लगाउन सकिन्छ । तर, प्रष्ट भने छैन ।
निर्देशक पाण्डेको यो चलचित्र डेब्यु निर्देशन हो । सिनेमामा पाण्डे, एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ ।
सिनेमाका अन्य प्राविधिक पक्षहरूमा अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन रहेको छ । साथै, सुवास राज काफ्ले सिनेमाका प्रोडक्सन डिजाइनरका रूपमा रहेका छन् ।
बिचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्मा ले लगानी गरेका छन् । सिनेमामा बुद्धि तामाङ र विशाल पहारीको पनि विशेष भूमिका रहेको छ । कार्यकारी निर्माताको जिम्मेवारी एमएस अग्रजले सम्हालेका छन् । सिनेमाको वितरण कुवेर सिने डिस्ट्रीब्युसन प्रालिले गर्नेछ ।
